Sign In

घोडा जात्रा

Date & Time

March 18, 2026

Location

Tickets

Add to Calendar

घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चऱ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो ,यस पर्वको नाम पाहाँ चऱ्हे हो ! यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ।
कुनै दिन काठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।

Scroll to Top Scroll to Top Stretched