किरातीको गौरव – बिके थुलुङ राई

किरातीको गौरव
बिके थुलुङ राई (सन्तोष), न्यु योर्क, अमेरिका
२०२२
सानो आँखा, ठूलो मन,
सत्य र साहसले भरिएका छन् ।
होचो नाक, उच्च शिर हाम्रो,
किरातको सन्तान, स्वाभिमानको नासो ।
सुम्निमा र पारुहाङको सन्तान,
हामी हौं गर्वित, गाथामा महान् ।
यलम्बर वीर, हाम्रो अग्रज राजा,
धर्ती हल्लाउने किरातीको बाजा ।
वन, पाखा, हिमाल हाम्रो घर,
स्वतन्त्रताको स्वर, साहसी भएर ।
संस्कृति र भाषा मुटुमा राखेर,
हामी हिँड्छौं सत्यको बाटो समाएर ।
नझुक्ने, नडराउने यो हाम्रो बानी,
किरातको रक्त बग्दछ स्वाभिमानी ।
सानो देखिए पनि भावना ठूलो,
हाम्रो इतिहास छ अमर चुल्हो ।
2
Post Comment