समुद्रपारिको देशमा

लाक्पा सेर्पा ,
न्यू ह्याम्पसायर, अमेरिका
समाज अब पहिलेको जस्तो एउटा अँध्यारो कोठामा थन्किएको छैन ।आजको यो भूमण्डलीकृत समाजलाई हामीले बोलेको सोच, विचार र तिमीहरूजस्ता साथीहरू अगाडि बढाउँदै अबको पाँच सय वर्षपछि पनि पुर्खाहरूलाई कसरी हस्तान्तरण गर्ने भन्ने सोच्नुपर्छ । ताकि त्यतिबेलाका पुर्खाले पनि थाहा पाऊन्— उनीहरूका पुर्खाहरू को थिए, उनीहरूको थातथलो कहाँ थियो र उनीहरूको उद्गम तिब्बत वा कुन ठाउँ थियो भनेर सन्तानसँग भन्न सकून् । विश्वका जुनसुकै भूगोल— अमेरिका, युरोप वा जुनसुकै देशमा बसे पनि उनीहरूले आफ्नो इतिहास पत्ता लगाउन सकून् ।
उदाहरणका लागि हामीले बर्मा, थाइल्यान्ड, भुटान र भारतका नेपाली मूलका समुदायहरूलाई हेरेका छौं । दुई सय वर्षअघि बसाइँ सरेका पुर्खाहरूले बोलेको भाषा गुमाए भने आज उनीहरूले कसरी थाहा पाउँछन्— आफू नेपाली मूलका हो भन्ने ?
आफ्नो भाषा, साहित्य, परम्परा, धर्म र संस्कृति जोगाएर राख्नेहरूले नेपालप्रतिको अथाह प्रेम देखाउँदै विभिन्न देशका युवा-युवतीहरू नेपाल आएर धुरुधुरु रोएको हामीले युट्युबमा सजिलै हेर्न पाएका छौं । सायद त्यही सोचेर होला— नेपालबाट सन्तानको भविष्य उज्ज्वल बनाउने आशा बोकेर समुद्रपारिको देश अमेरिकामा आइपुगेका धेरै जातजातिका पुर्खाहरूले व्यक्तिगत उन्नतिभन्दा पनि लिङ्गो समाजको परम्परा, भाषा, धर्म र संस्कृतिको संरक्षणतर्फ विशेष जोड दिएका छन् ।
न्यूयोर्कको सहरमा सबैभन्दा ठूलो समुदाय भनेकै सेर्पा समुदाय हो । ईस्वी सन् १९९८ मा दुई जना सेर्पाहरूको नेतृत्वमा स्थापित सेर्पा किराँत आज धेरै नेपाली समुदायमा एउटा नमुना र बलियो संस्थाको रूपमा स्थापित भएको छ । यस संस्थाअन्तर्गत सेर्पाको गुम्बा, बौद्ध धर्मका संस्कृति पाठशाला, कुलपूजा, भूतपूजा र खेलकुदको पनि व्यवस्था छ ।
सेर्पा किराँतले खेलकुद र कुलपूजाका लागि प्रत्येक वर्ष एक-एक लाख डलर खर्च गर्ने गरेको छ । आज मलाई गर्व लाग्छ कि म प्रारम्भदेखि नै यस संस्थाको संरक्षक सदस्य भएको छु । त्यसैगरी अन्य ठाउँमा पशुपति मन्दिर, बुद्धका मन्दिर स्थापना भएका छन् भन्ने कुरा गुरुङ र राई समुदायहरूले पनि पहिचान जोगाउन प्रयास गरेको देख्छु । यो धेरै खुसी र गर्वको कुरा हो ।
म अमेरिकामा युक्रेन आएदेखि नै जोडिएको छु । त्यसैले केही शब्द स्मरण गर्न चाहन्छु । न्यू इङ्गल्यान्डमा बस्ने न्यु ह्याम्पसायर राज्यमा सन् २००० मा लिशाङ्कु मेयर राईसँग भेट भएको थियो । उहाँ त्यतिबेला विद्यार्थी हुनुहुन्थ्यो । त्यसपछि हाम्रो सम्बन्ध झन् गाढा हुँदै गयो । पछिल्लो समयमा म बस्ने राज्यमा आएका उहाँका धेरै नातागोता र अन्य राई परिचितहरूसँग पनि क्रमशः मित्रता र भाइचाराको सम्बन्ध बनेको छ ।
उहाँकै नेतृत्वमा युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका सन् २००७ मा स्थापना भयो । म आफैं पनि यो महान् संस्थाको सहयोगी सदस्य बन्ने अवसर पाएकोमा गर्व गर्छु । यो संस्थालाई आजको तहसम्म ल्याउन विशेष योगदान न्यू इङ्गल्यान्डमा बसोबास गर्ने राई बन्धुहरूले दिएका छन् । बैठक बस्दाको अमूल्य समय होस् वा वर्षमा दुईपटक साकेला मनाउने क्रममा स्थान, खाना-पानीको व्यवस्था, सफाइसम्म सबैमा उहाँहरूको योगदान छ ।
यो संस्था यहाँसम्म ल्याउन अझ बढी मिहिनेत गर्नेहरू पनि छन् । यो सङ्घर्षको कुनै कुरा पक्कै पनि सजिलो थिएन । यी कार्यहरूको मुख्य उद्देश्य किराँत भाषा र संस्कृतिलाई भावी पुस्तामा संरक्षण गर्नु थियो । यस्तो महान् उद्देश्य बोकेर अगाडि बढेको युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले शिशु जन्मेदेखि टुक्राटुक्रा दिँडा नबोलेका बच्चालाई पनि साकेला सिकाउने काम गरेको छ ।
छोटो समयमा थोरै राईहरूको जनसङ्ख्या भए पनि म्यासाचुसेट्समा साकेला पूजा भव्य रूपमा मनाइन्छ । यो कार्यको सफलता मेरो व्यक्तिगत कमजोरी होइन— यो उहाँहरूको सामूहिक प्रयास र मेहनतको परिणाम हो । त्यसैले म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यो प्रगति झन् बढेर चुलिँदै जाओस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।
राई समुदायको बसाइँ सुरु भई पूर्वी पहाडी क्षेत्र सोलुखुम्बू, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, पाँचथर, झापा, इलाम हुँदै भारतको सिक्किम, दार्जिलिङ, आसाम, भुटानसम्म फैलिएको छ । यो विशाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई धेरै नजिकबाट बुझ्ने मौका मलाई अमेरिका आएपछि मात्र प्राप्त भएको हो ।
मेरो क्षेत्र सोलुखुम्बू-सङ्खुवासभाको गाउँ हो, जहाँ शुद्ध राई समुदायको बाहुल्य छ । तर भौगोलिक टाढापनका कारण एकीकृत समाज र हामीबीच भातृत्व र सद्भाव हुँदाहुँदै पनि पहिचानको मौका कमै पाइएको थियो । अमेरिकामा यो सुनौलो अवसर बुझ्न मलाई साथ दिने न्यू इङ्गल्यान्डका किराँत राई समाजका दाजुभाइ, साथीहरू र परिवारका सदस्यहरूलाई मुटुबाट धन्यवाद दिन चाहन्छु ।
यहाँ सबैको नाम उल्लेख गर्न सम्भव नभए पनि धन्यवादका पात्रहरू यी हुन्: लिशाङ्कु मेयर राई, धौलागिरी राई, सुमेश चाम्लिङ, राजन कुँवर थुमी, मुक्तिनारायण राई, जयकुमार राई, विष्णु राई, चन्द्रकुमार राई, शेखर राई, लोकेश कुमार राई, कोबी राई, कोशव राई, युवराज राई, कर्ण राई आदि ।

अन्त्यमा मेरो केही चाहना र सुझावहरू तपाईंहरू समक्ष राख्न अनुमति चाहन्छु ।
अमेरिकाभित्र छरिएर बसेका सम्पूर्ण किराँत राईहरूको मूल उद्देश्य र चाहनालाई एकै ठाउँमा उतारेर हेर्ने हो भने— चीनको युनान प्रान्तमा मनाइने ‘बा चाड’ लाई किराँत राईहरूले मनाउने साकेलासँग मिल्दोजुल्दो देखिन्छ ।
किटबोट नामक किताबका लेखक Cai Xiansheng ले ‘Ethnic Minorities in Tibet’ मा लेखे अनुसार तिब्बतको चायु (Chayu) प्रान्त वरपर डेनपा (Denpa) जातिका मानिसहरू बसोबास गर्छन् र उनीहरू नेपालमा पनि छन् भन्ने उल्लेख छ । उनीहरूको भाषा, संस्कृति र रीतिरिवाज नेपाली राईसँग हूबहु मिल्दोजुल्दो देखिन्छ ।
त्यसकारण किराँत राईका विद्वान् तथा अनुसन्धानकर्ताहरूले तिब्बतको चायु प्रान्तमा गएर अनुसन्धान गर्नु राम्रो हुन्छ भन्ने मेरो सुझाव छ ।
धन्यवाद ।
लेखक न्यू ह्याम्पसायर, नेपाली समाजको अध्यक्ष नुहुन्छ


Post Comment