Sign In

गाँउको खबर

–खुक्सङ खम्बु

गाऊमा…
कोही अरे
प्रभु येसुको भक्त
घुँडा धस्छन्, बाइबल पढ्छन्
गाना-बजाना, प्रार्थना गर्छन्
राति-राति डिस्टर्व गर्छन्
दिनमा भेट्नै हुन्न
बाटो छेक्छन्, जयमसी भन्छन्
प्रभु यसुको सु-समाचार
सुनाउन हतारिन्छन्
ज्युदै स्वर्ग जाने कुरा गर्छन्
सुन्को लिस्नु छ भन्छन्
आफैले देखेर आए जत्तिकै गर्छन्
कुरा नसुने नमाने
शैतान पो भन्छन
यसरी अरुलाई घणा गरेर
कसरी समाजमा सद्भाव कायम रहन्छ प्रभु ?

कोही अरे
ओमनन्दको पुच्छर
किरात धर्म मानेको भन्छन्
तीन चुला उखेलेर फाल्छन्
जुगौ अघि देखि जोगाइ ल्याएको
किरात सभ्यताका सामा, सरदाम
गुहे खोलामा लगेर फाल्छन्
यस्ताले किरात संस्कार, संस्कृति
कसरी बचाउलान् ?

कोही अरे
सादु सन्त, महन्त
जटाधारी, लिखाधारी
खरानी धसी हिंड्छन्
लोटा र चिम्टा बोकी हिंड्छन्
स्वाउनु न त्वाउनु साइवावा जस्तो
हात पो उठाइ हिंड्छन
ए, अचम्म, ए उदेक !

आफू त लाटो परियो
कुरा सुन्दै हैरान्
बाँकी गाउँलेहरु चै यसो भन्दारछन्
हेर, हेर किरातीहरु सप्रेका
हे, नारन ।

Scroll to Top Scroll to Top Stretched