Sign In

न्यु इड्नग्लैन्ड च्याष्टर : शब्द बिम्ब चित्र -धौलवीर राई, बोस्टन, म्यासाच्युसेट्स

धौलवीर राई, बोस्टन, म्यासाच्युसेट्स

पृष्ठभूमि

धर्तीका सबै मानवलाई मातृभाषा, संस्कृति र परम्परा प्यारो हुन्छ। अझ जन्मभूमि छोडेका प्रवासीहरूलाई त झन् बढी मायाले सताउँछ। किनकि कुनै पनि कुराको महत्त्व यसको अभावमा मात्र थाहा हुने रहेछ। अध्ययन तथा अवसरको खोजीमा अमेरिका पसेका हामी किरात राईहरू यसको अपवाद कसरी हुन सक्थ्यौं र। नेपालमा हुँदा हामीले खास चासो नदिएका विषयको महत्त्व बल्ल थाहा भयो। त्यसैले जातीय पहिचानका कारक मातृभाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषा र जीवन शैली संरक्षण, संवर्धन र विकासका अभ्यास गर्न एउटा साझा मञ्चको आवश्यकता महसुस भयो। यो आवश्यकता परिपूर्तिका लागि हामी अमेरिकामा छरिएका सम्पूर्ण किरात राईहरू छाता सङ्गठन मुनि सङ्गठित हुन जरूरी थियो। त्यसैले किरात राई बसोबास भएको राज्यमा एउटा, यदि किरात राईको सङ्ख्या कम भए छिमेकी राज्यका किरात राईहरू समावेश गरेर च्याष्टर गठन गरियो। केन्द्रका लागि च्याष्टरबाट जनसङ्ख्याको आधारमा बढीमा चारजना एसेम्बली मेम्बर मनोनयन गरी केन्द्रीय समिति गठन गरियो।

अमेरिकी कानुनको अधीनमा रही सङ्गठन सञ्चालन गर्न विधान तयार गरियो। संस्थाको विधानअनुसार च्याष्टरको मातृभाषा, धर्म, संस्कृति संरक्षण, संवर्धन र विकासको अभ्यास गर्ने उद्देश्य थियो। संस्थाको उच्च निकाय केन्द्रीय समिति र तल्लो निकाय राज्य स्तरका च्याष्टर रहने सङ्घात्मक ढाँचा बनाइयो। यस ढाँचा अनुसार मेसेच्युसेट, न्यु ह्याम्पसर, कनेक्टिकेट राज्यहरू एकीकृत गरी न्यु इङ्ग्लैन्ड च्याष्टर (युक्रा) गठन गरियो। अमेरिकाको न्यु योर्क, नेब्रास्का, कोलोराडो र क्यालिफोर्नियामा च्याष्टरहरू गठन गरियो। नेब्रास्का र कोलोराडो च्याष्टर विद्यार्थीहरूको नेतृत्त्वमा गठन गरिएको थियो। उनीहरू अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न आएका थिए। उनीहरू पढाइ सकेर रोजगारीमा गएपछि उक्त च्याष्टर निष्क्रिय भयो। यसको एक दशकपछि डिसी, मेरिलैन्ड, भर्जिनिया र पेन्सिलभानिया राज्यहरू समेटेर डिएनभिपी च्याष्टर गठन गरियो। त्यसै गरी टेक्सास, एरिजोना र फ्लोरिडा राज्य समेटेर टाफ (TAF) च्याष्टर गठन गरियो। वर्तमानमा अमेरिकामा ५ च्याष्टर क्रियाशील छन्।

न्यु इङ्ग्लैन्ड

न्यु इड्लैन्ड अमेरिकाको उत्तर क्षेत्रमा रहेको छ। यसमा मेन, भर्मन्ट, न्यु ह्याम्पसर, मेसेचुसेट, रोड आइलैन्ड र कनेक्टिकेट राज्यहरू छन्। अमेरिकी इतिहासको अध्ययनबाट युरोपियनहरूको उपनिवेशीकरणको क्रममा सन् १६१६ तिर जोन स्मिथले यस क्षेत्रलाई इङ्ग्लैन्ड नामाकरण गरेका हुन्। यसको उत्तरमा क्यानडा, दक्षिणमा लङ आइलैन्ड, पूर्वमा एटलान्टिक महासागर र पश्चिममा न्यु योर्क रहेको छ। यिनै छ राज्य मध्येका न्यु ह्याम्पसर, मेसेचुसेट र कनेक्टिकेट राज्यमा बसोबास गर्ने किरात राईहरूले सन् २००७ अप्रिल २५ मा न्यु इङ्ग्लैन्ड च्याप्टर गठन गरेका हुन्।

विगतमा न्यु इङ्ग्लैन्ड च्याष्टर

न्यु इङ्ग्लैन्ड च्याष्टरले स्थापना काल पूर्वदेखि नै साकेला सिली प्रदर्शन कार्यक्रमलाई पहिलो पहिचानको रूपमा स्थापित गर्न जोड दिएको छ। यस संस्थाले अमेरिका किरात राई आप्रवासनको ऐतिहासिक पृष्ठभूमि निर्माणका लागि पहिचान सम्बद्ध संस्कृति, संस्कार, परम्परा, भेषभुषा, गरगहना र जीवन शैली देखिने कार्यक्रम तय गर्दै आएको पाइन्छ। यस संस्थाले स्थापना काल पूर्वदेखि गरेका गतिविधिहरूलाई यस लेखमा चर्चा गरिएको छ।

अमेरिकामा साकेला सिली कार्यक्रम

न्यु इङ्ग्लैन्ड च्याप्टरले सांस्कृतिक चाड साकेला बोस्टन सहरमा मनाउन प्रारम्भ गरेपछि आप्रवासी नेपाली समुदायमा किरात राई जातिको उपस्थिति प्रभावशाली बन्न पुग्यो। यस कार्यक्रमले किरात पहिचान उजागर गर्न सफल भएकोमा हामी दङ्ग थियौं। अमेरिकाको तीन राज्यमा छरिएर रहेका किरातहरूका लागि साकेला कार्यक्रम सजिलो थिएन। प्रथमतः हाम्रो जनसङ्ख्या ज्यादै न्यून थियो। अमेरिकामा साकेला प्रत्येक वर्ष मनाउने निर्णय गरियो। तर न हामीले साकेला सिली जानेका थियौं, न हामीसँग ढोल झ्याम्टा नै थियो र भए पनि बजाउन जान्ने कोही थिएनौं। हाम्रो स्थिति ठ्याक्कै रङ्ग न ढङ्ग सोल्टिनीसँग भन्ने उखान जस्तै थियो। साकेला कार्यक्रममा साकेला गीत, ढोल, इयाम्टा, भेषभुषा र किरात गहना आदिको व्यवस्था मिलाइयो।

साकेला सिली प्रशिक्षक

साकेला सिली नाच सिकाउने प्रशिक्षक जरूरी देखियो। साकेला सिलीमा प्रकृतिका जीव जन्तु र मान्छेका व्यवहारिक क्रियाकलापलाई कलात्मक प्रस्तुत गरिन्छ। यसको कलात्मक प्रस्तुतीका लागि प्रशिक्षण अनिवार्य भयो। संस्थाका उपाध्यक्ष विष्णुजी मार्फत खोटाङ सोल्माकी सुनिता चाम्लिड साकेला सिली प्रशिक्षण दिन सक्षम छिन् भन्ने सूचना प्राप्त भयो। उनीले दुई तीन दिनको लागि दिनको दुई घण्टा प्रशिक्षण दिने समय मिलाइन्। प्रशिक्षार्थी नानीहरूलाई म्युजिकमा नाचेर सिकाइन। पहिलो पटक सिली नाच्न नानीहरूलाई गाहो हुनु स्वाभाविक थियो। उनीहरूलाई तीव्र गतीमा सिली सिकाउन सङ्गीतको ताल विधि उपयुक्त ठानेर म्युजिकको तालसँग ढोल झ्याम्टाको ताल समन्वय गरेर सिकाइयो। प्रशिक्षणमा सुनिताले सिली प्रदर्शन गर्ने, प्रविनाले तालमा रूपान्तरण गरेर सिकाउदा बच्चाहरूले सहज ढङ्गमा सिक्न सफल भए। साकेला सिलीको प्रशिक्षण चलिरहँदा पढ़ने नानीहरू स्कुलबाट घरमा गर्न दिएको प्रोजेक्टहरू खोपीमा राखेर साकेला सिक्न, प्रशिक्षण लिन आउने गर्थे।

आर्थिक व्यवस्थापन

आर्थिक व्यवस्थापन कार्यक्रमको रक्त सञ्चार हो। कार्यक्रमको लागि आर्थिक स्रोत जुटाउन बैठक बसियो। यस संस्थाको बलियो श्रोत हामी नै थियौं। त्यसैले साकेला सिली तयारी अवस्थामा थियो। च्याष्टरकी अध्यक्ष श्यामा राईले “यो हीरा फोर्ने बेला हो, सबैले हजार-हजार डलर उठाउने” भन्नुभयो। अमेरिकामा अझै सङ्घर्ष नै गर्दै गरेको म जस्ताको लागि यो रकम निकै ठूलो थियो। संस्कृति संरक्षण र अस्तित्वका लागि आँट जुटाएर हामी केहीले “हवस्” भन्यौं। अन्य भाइ बहिनीहरूले पनि यथाशक्य हामीलाई पछ्याए। यसबाट झन्डै आठ हजार डलर उठ्ने भएछ। त्यति खेरको बजार मूल्य विश्लेषण हेर्दा रकम पर्याप्त नै उठेको थियो।

साकेला पार्क बुकिङ

कार्यक्रमको निमित्त पार्क बुकिङ उपाध्यक्ष विष्णुजीले गरी सकेका थिए। हाम्रा आमन्त्रणमा आउनु हुने अतिथिहरूलाई खुल्ला आकाश मुनि घामले पोलेको अनुभूति गराउनु सान्दर्भिक लागेन। त्यसैले पाल टाङने निधो गरियो। गुगलबाट सर्च गर्दा रेन्टल कम्पनीमा पाल पाइने रहेछ। यसलाई यहाँ क्यानोपी भनिंदो रहेछ। क्यानोपी साइज सब भन्दा ठूलो २० x ४० फिटको ८० देखि १०० जना बस्न मिल्ने रहेछ। त्यहाँका पाल बुकिङ भइसकेको रहेछ। हामीलाई मे १८, शनिवारको लागि चाहिएको थियो। प्रत्येक सहरमा पाल पाइँदो रहेछ। तर हामीले लगातार दुई तीन दिन खोजेपछि मात्र एक ठाउँमा पाइयो। पालसँगै कुर्सी र टेबुल पनि पाइँदो रहेछ, क्या आनन्द। बल्ल अध्यक्ष श्यामा र विशाल भाइको मुहारमा खुसी झल्कियो।

म्युजिक सिस्टम

सांस्कृतिक कार्यक्रममा म्युजिक मसला हो। यो बिना भोज बेस्वादिलो बन्छ झैं साकेलाको रौनकता साकेला गीत र म्युजिकमा आउँछ। तमु समाजको उत्सव भाइबाट म्युजिक सिस्टम पाउने स्टोरको लोकेसन र सम्पर्क नम्बर उपलब्ध भयो। म्युजिक सिस्टम पनि बुक गरियो। पार्कमा विद्युतको पावरको व्यवस्था बुइन विष्णुजीले पार्क रेन्टमा लगाउने सिटी क्लर्कलाई सोध्दा पार्कमा आउट लेट छ भनेछ। त्यसपछि म्युजिक स्टोरको सल्लाह अनुसार होम डिपोसँग जेनेरेटरको व्यवस्था मिलाइयो।

अमेरिकामा साकेला सिली कार्यक्रम

अमेरिकाको मेसेचुसेट राज्यमा प्रस्तुत गरिएको किरात राईहरूको साकेला सिली यो नै पहिलो थियो। त्यसैले दर्शकहरू अचम्म र उत्साहित देखिन्थे। युक्रा न्यु योर्क टिमले ढोल झ्याम्टा सहित प्रस्तुत गरेको साकेला सिलीले अझ रौनकता थपेको थियो। कार्यक्रमको दिन हाम्रो आमन्त्रणलाई स्वीकारेर आउनु भएका मेसेचुसेट, कनेक्टिकेट, न्यु ह्याम्पसर र न्यु योर्कका राई बन्धुका साथै नेपाली समुदायका साथीहरूको भव्य उपस्थिति रहेको थियो। कलाकारहरूसँग पाहुना र सम्पूर्ण दर्शकहरू सहभागी गराई सुरु भएको साकेला सिलीले राम्रै मनोरञ्जन दिएको थियो। साकेलामा सहभागी सबै पाहुना र दर्शकहरू पनि अत्यन्तै खुसी देखिन्थे भने म्युजिक सिस्टममा बजेको साकेला गीतले बोस्टन सहर नै साकेलामय भएको थियो। नेपाललाई नै बिर्साएको त्यो क्षण हाम्रो लागि अविस्मरणीय त थियो नै। यो अनुभव हाम्रो लागि अमूल्य निधि साबित भयो।

उद्घाटन

साकेला कार्यक्रमको उद्घाटन कसरी गर्ने भन्नेबारेमा मनमा चिन्ताले चिमोटी रहेको थियो। यो सटीक र आकर्षक हुनु पर्छ भन्ने थियो। हामीलाई कुनै अनुभव थिएन। झट्ट याद आयो, भलिबल प्रतियोगिताको कार्यक्रम सञ्चालनमा प्रमुख अतिथिले कोर्टमा भलिबल फ्याँकेर उद्घाटन गरेको दृश्य जीवन्त थियो। उक्त दृश्य उद्घाटनको सूत्र बन्यो। प्रमुख अतिथि केन्द्रीय समितिका अध्यक्ष शिवजीलाई न्यु योर्कका साकेला टोलीबाट ढोल र गजा दिइयो। मैले मनमनै सिमेभूमे सम्झेर -पूजा गर्न आउँदैन माफ गर है, प्रकृति माता, कुल पितृ भने। अनि एनाउन्स गरें “हाम्रा प्रमुख अतिथि केन्द्रीय समितिका अध्यक्ष शिवकुमार राईज्यूलाई ढोल बजाएर साकेला कार्यक्रम उद्घाटन गरिदिनहुन अनुरोध गर्दछु।” उहाँले ढोल बजाउनु भयो साथै डिजे भाइले साकेला म्युजिक बजाए। कार्यक्रममा नेतृत्व गर्दै सिलिमोमा प्रविना र उनको समूह पालको साइडबाट लस्करै सिली टिप्दै म्चमा साकेला नाच प्रदर्शन गर्न थाले। किरात राईहरूको जातीय भेषभुषा पहिरिएका कलाकारहरूले ढोल झ्याम्टाको तालमा प्रस्तुत गरेको साकेला सिली अत्यन्त रोचक देखिएको थियो।

खानपिनको व्यवस्था

च्याष्टरका अध्यक्ष श्यामा, भाइ राजन र विशालको टिमले पाहुनाहरूका लागि तयार पारेको सेल रोटी, आलु र काउलीको तरकारी, अचारको खाजा पानीको व्यवस्था गर्नु भएको थियो। उक्त खाजा पाहुना र दर्शक सबैलाई उपस्थिति हुँदाहुँदै वितरण गरिएको थियो। दिवा खानामा कालोमासको दाल, भात, चिकेन, काउली आलुको तरकारी, काक्रा आलु र मुलाको अचार, रायोको साग अनि किराती पहिचान पर्क रेसिपी पाहुनाहरूलाई निकै मन परेछ। खानामाथि पर्क हाल्दै भन्दै थिए “यो चाहिँ असली किरात पहिचान हो, कति भाथ्यो नखाएको”। सँगैकोले भन्दैथिए “हो नि, लवाई खुवाई बोलीचाली नै संस्कार संस्कृति हो”।

संस्थाको गतिविधि

कुनै पनि काम प्रारम्भमा गाहो हुन्छ नै। प्रारम्भ भएपछि अप्ठ्यारा बाटाहरू क्रमशः सहज हुँदै जान्छ। हामीले पछिल्ला वर्षहरूमा पहिलो वर्ष झैं कुहिरोको काग हुनु परेन। स्रोत साधनहरू अर्थले साट्न पाइन्थ्यो। अर्थ सङ्कलनका उपाय च्याष्टर अध्यक्ष श्यामाजीले सिकाउनु भएकै थियो। अर्थ व्यवस्था दिगो भएपछि कार्यक्रम सम्पन्न हुन्छ।

पोसाक व्यवस्थापन

सांस्कृतिक पर्व साकेलाको विशिष्ट पहिचान अन्तर्गत किरात राई पहिरन मुख्य रहन्छ। यसलाई विशिष्ट बनाउन किरात राई पोसाक सारी, चौबन्दी चोलो, पटुकी, दौरा सुरुवाल, चोलीभोटो र विभिन्न गरगहना जरुरी हुन्छ। संस्थापक कोषाध्यक्ष रमा राईले यस कार्यक्रममा केटीहरूका लागि सात सेट र केटाहरूको लागि चारसेट पोसाक, एउटा चम्मर, एउटा छिर्लिंगे र एक जोर झ्याम्टा प्रदान गरेर गुण लगाउनुभयो। उहाँ अमेरिका बसाई अन्त्य गरेर संस्था स्थापना भएको दोस्रो वर्ष नपुग्दै नेपाल फर्कनुभयो। त्यसैगरी संस्थाका लागि विष्णुजी र मुक्ति भाइले एक एक थान ढोल प्रदान गर्नुभयो।

साकेलामा छिटको गुन्यू र चोलीमा सजिएका ठिटी र दौरा सुरूवालमा ठाँटिएका ठिटाहरू आकर्षक देखिन्थे। पार्कमा भुपाल राईको ‘नौलाख किराती’ बोलको गीत म्युजिक सिस्टमबाट बजिरहेको थियो। हामी अमेरिकामा नभइ नेपालको माझ किरातमा भएको महसुस भएर रमाइलो लागिरहेको थियो।

आर्थिक पारदर्शीता

युक्राको कोषाध्यक्षको जिम्मेवारी रमापछि मुक्तिनारायण राईले सम्हाल्नु भयो। मुक्तिनारायण हाल केन्द्रीय समितिका महासचिव हुनुहुन्छ। उहाँको “पारदर्शिता विश्वासको मेरुदण्ड हो” भन्ने नारा हामीले आत्मसात गरेका छौं। उहाँले यसलाई अक्षरशः पालना गर्नु भएको छ। यस आर्दशका कारण संस्था आर्थिकरूपले निरुत्साहित हुनु परेको छैन। यो आर्थिक पारदर्शिताको लिगेसी कायम छ र रहिरहने छ।

च्याष्टर सांस्कृतिक परिवारमा रूपान्तरण*

अमेरिकामा युक्रा किरात समुदायको साझा घर भएको महसुस हुन थालेको छ। अमेरिकामा हामी भौगोलिक दूरीले टाढा भए पनि मन सधैं नजिक रहेकोले हाम्रो च्याष्टर एउटा परिवारमा रूपान्तरण भएको छ। यसमा अध्यक्ष श्यामाजीको स्वागत र सत्कारी मनले अझ बल पुर्याएको छ। यो परिवारमा नयाँ सदस्यहरू जोडिन आउँदा धेरै खुसी लागेको छ। नयाँ सदस्यहरूको आगमनले उत्साही बनिएको छ। सन् २००९ मा राजन भाइको परिवार र संस्थापक कोषाध्यक्ष रमा बहिनीकी दिदीकी छोरी सविनालाई एक कार्यक्रमको आयोजना गरी औपचारिक स्वागत गरिएको थियो। शून्य अनुभवबाट प्रारम्भ गरिएको सांस्कृतिक कार्यक्रमहरू वर्तमानमा संस्थाको सुन्दर संस्कृति बनेको छ।

अन्य किरात समुदायको सदभावपूर्ण सहयोग

मेसेच्युसेटको ग्रेटर बोस्टनमा नेपाली कम्युनिटीले हरेक वर्षको अप्रिलमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा वैशाखी साँझ सांस्कृतिक कार्यक्रम गर्दै आएको छ भने बौद्ध धर्मावलम्वी बोस्टन तमू समाज र बोस्टन तामाड समाजले हरेक डिसेम्बरको ल्होसारमा डम्फु साँझ सांस्कृतिक कार्यक्रम गर्दछ। यी कार्यक्रमहरूले नेपाली संस्कृतिको संरक्षण र संवर्धन गर्न योगदान पुर्याएको छ।

अमेरिकामा साकेला सिली सांस्कृतिक चाड मनाउने निष्कर्षमा पुगियो। चाड मनाउन साकेला सिली नाच्ने सिलिमोमा र सिलिमोपा चाहिन्थ्यो। उनीहरूसँग नाचे अरू सहयोगीहरू हुनुपर्छ। त्यतिखेर मुस्किलले समय दिन सक्ने चारजना जति युवाहरू थिए। साकेला नाच कम्तिमा १५/२० जनाको समुह चाहिन्छ। यसका लागि तमु र तामाङ समाजका छोरीहरू १३ जना र युक्राका तत्कालीन उपाध्यक्ष विष्णु राईकी छोरी भेनेषा पनि थिइन्। तामाङ समाजका युवाहरूले ल्होसार, वैशाखी साँझ र डम्फु साँझ सांस्कृतिक कार्यक्रममा नेपाली लोक नृत्य प्रस्तुत गरेका थिए। यस कार्यक्रममा प्रविना राईले पनि बोस्टनमा तमु समाजको ल्होसारमा नाचेकी थिइन्। उनीमार्फत तामाङ युवाहरूलाई साकेला नाच्ने उनीहरूको अभिभावकलाई गरिएको अनुरोधले स्वीकृति पायो। बोस्टन तमु समाज र तामाङ समाजले नानीहरू पठाएर किरातको सांस्कृतिक चाड साकेलाको संरक्षणमा योगदान पुर्याएका छन्।

मायाको चिनो वितरण

साकेलाको सिलिमोमा प्रविनाले सहभागी नानीहरूलाई कार्यक्रम सकिएपछि प्रमाण-पत्रसँगै सानो गिफ्ट (Token of Love) दिने प्रस्ताव गरिन्। हामीलाई पनि यो प्रस्ताव मन पर्यो। यो गिफ्ट साकेला सिली सहभागी हुने नानी बाबुहरूलाई हाइस्कुल ग्र्याजुएट गरेपछि दिने निर्णय गरियो। उक्त गिफ्टमा उनीहरूको नाम, स्कुलको नाम, साल र सम्मान गर्ने संस्थाको नाम उल्लेख गरेर प्रमाण पत्र सहित प्रदान गर्न सुरू गरियो। जसलाई केही सालपछि केन्द्रीय समितिले आफ्नो नियमित कार्यक्रममा समावेश गरेको छ।

वर्तमानमा न्यु इङ्ग्लैन्ड च्याष्टर

न्यु इङ्ग्लैन्ड च्याष्टरले संस्थागत विकास र सुदृढीकरणका कार्यहरूसँग सामाजिक सेवा, सामग्री व्यवस्थापन, साकेला सिली, साकेला पुजाका साथै संस्थामा आबद्ध सदस्यहरूको कार्यदक्षताका साथै नेतृत्त्व विकासका कार्यहरू पनि सञ्चालन गर्दै आएको छ। यी संस्था सुदृढीकरणका पक्षहरूलाई संक्षिप्तमा वर्णन गरिन्छ।

सामाजिक सेवा

न्यु इङ्ग्लैन्ड च्याष्टरले आफ्ना सदस्यहरूलाई सङ्कटमा हर प्रकारको सहयोग गर्दछ। यसमा पहिलो बस्ने घर, ग्रोसरी स्टोर, अन्य सरसामान, लता कपडा, दैनिक चाहिने वस्तु पाउने स्टोरहरूमा लगि दिने र ल्याउने, आवश्यक परे आर्थिक सहयोग समेत गर्दै आएको छ। अमेरिकामा रहेको अन्य नेपाली सङ्घ संस्थाबाट सहयोगको अनुरोध भई आएमा पनि सकेको सहयोग गर्दछ। नेपालमा कसैलाई आपत विपत् परी आउँदा पनि सामूहिक रूपमा सहयोग गरिएको छ। अध्यक्षले तोकिएको सीमामा रही आफ्नो विवेकले जुनसुकै बेला संस्थाको कोषबाट सहयोग गर्न सक्नेछ। उक्त सहयोगका सम्बन्धमा अध्यक्षले कार्यसमितिलाई जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ। उक्त सीमाभन्दा बढी दिनुपर्ने भएमा संस्थाको बैठकले निर्णय गरेर दिने व्यवस्था संस्थाको स्थापना कालमा नै बसालिएको छ। यो व्यवस्था वर्तमानसम्म कायम छ।

यसको अतिरिक्त सन् २०१८ मा एभरेष्ट लाइन्स क्लब र यस च्याष्टरको संयुक्त आयोजनामा न्यु ह्याम्पसर राज्यस्थित डोभर सहरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो भने सन् २०१९ मा सोही राज्यको Stratham सहरमा यो च्याष्टरको एकल आयोजनामा गरिएको रक्तदान कार्यक्रममा संस्थाका सदस्यहरूको अतिरिक्त न्यु ह्याम्पसर र मेसेचुसेट राज्यका नेपालीहरूको बृहत् सहभागिता रहेको थियो।

संस्थाका सामग्री व्यवस्थापन

न्यु इङ्ग्लैन्ड च्याष्टर स्थापना कालमा साकेला सिलीका पोसाकहरू पर्याप्त नभएकाले समरूप पोसाकहरू तमु र तामाङ समाजबाट ल्याएरका थियौं। पछिल्लो समयमा साकेला सिलीका पोसाकहरू नेपालबाट मगाइयो। साकेला कार्यक्रम आउट डोर हुने भएकोले सुरुको दिनहरूमा कुर्सी, टेबुल, पाल, साउन्ड सिस्टम लगायत सम्पूर्ण सामाग्रीहरू भाडामा लिँदा कार्यक्रम निकै महँङ्गो हुन्थ्यो। संस्थाबाट समयक्रममा क्रमशः कुर्सी र टेबुल जोडियो। नेपालबाट साकेलाका सामाग्रीहरू चिन्डो, थुन्से, झण्डा, ब्यानर, किरात राई झण्डा, कार्यक्रम स्थलमा टाङनको लागि पारिबुङ ल्याइयो। संस्थाबाट पाल पनि खरिद गरियो। क्रमशः दुइ वर्ष लगाएर साउन्ड सिस्टम सेट किनियो भने हालसालै नेपालबाट दुईवटा गतिलै ढोल, चार थान चम्मर, इयाम्टा छिर्लिङ् समेत मगाइयो। यी सामग्रीहरूले साकेला संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुगेको छ।

साकेला सिलीको ऐतिहासिकता

सन् २०१३ साल पछि बोस्टन तमु समाज र तामाङ समाजका नानीहरू कलेज जान परेकोले हाम्रो कार्यक्रममा समय दिन सकेनन्। यद्यपि सन् २०१० देखि न्यु ह्याम्पसर भुटानी समुदायका हाइस्कुलका विद्यार्थीहरू हाम्रो टिममा जोडिसकेको भएर सङ्ख्या घटे पनि कार्यक्रमले निरन्तरता पाइरह्यो। सन् २०१७ मा हाम्रै संस्थाको सदस्य सुनिता चाम्लिङ भाउजू, सङ्गिता चाम्लिङ, छोरी सङ्गिता, सुम्निमा, उमा र पोनाम समेतका उर्जावान् कलाकारहरू बुलन्द जोस बोकेर टिममा प्रवेश गरे। यसपछिभने न्यु इङ्ग्लैन्ड च्याष्टर टिमले सिली प्रस्तुतीमा ठूलो फड़को मार्यो। यो प्रगति छोरी सुनिताको कोर टिमको उपस्थितिको कारणले भएको थियो। छोरी सुनिता ढोल इ्याम्टामा उत्कृष्ट साकेला सिली प्रस्तुत त गर्छिन् नै प्रशिक्षण दिनमा पनि दक्षता राख्छिन्। हाम्रो टिमले साकेला धुन छाडेर ढोल इयाम्टाको तालमा परम्परागत साकेला प्रस्तुत गर्न थालेको हो। सुनिताले लक्ष्मी दाजु, गुल्सन दाजु, ममता भाउजू र ज्वाइँलाई पनि ढोल इ्याम्टा बजाउन सिकाइन। सुनिताको प्रवेशसँगै हाम्रो टिमले पूर्णता पायो। यो टिमले सन् २०१८ मा आठ घण्टाको बाटो ड्राइभ गरेर मेरिलैन्डस्थित युक्रा डिएमभिपी र सन् २०१९ मा युक्रा न्यु योर्क च्याष्टर, न्यु योर्कसम्म पुगेर आधुनिक र परम्परागत साकेला प्रस्तुत गरि कार्यक्रममा उपस्थित पाहुना तथा दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका थिए। न्यु योर्कमा प्रस्तुत गरिएको साकेलामा भुटानी नेपाली किरात र नेपालका सविता खालिङ, बबिता मगर, प्रतीक्षा गुरूङ, कृतिका घ्यासुङ, सविन सुब्बा र रूपाहाङ राई सहभागी थिए भने यसको कोरियोग्राफी भीम मगरले गरेका थिए। यो टिमको उत्साहलाई कोभिड-१९ को महामारीले दुइ वर्षसम्म घरभित्र सीमित गरिदियो। महामारीको रोकथाम पछि पुनः यो टिमले आफ्नो प्रस्तुती दिंदे आएको छ। पछिल्लो चरणमा न्यु ह्याम्पसरका महिला दिदी बहिनीहरूले साकेला सिली सिकेर सुन्दर प्रस्तुती दिनुलाई पनि साकेलाको अर्को फडकोको रूपमा लिन सकिन्छ। यसमा अग्रज प्रशिक्षक सुरेश चाम्लिडको उल्लिखनीय भूमिका रहेको छ।

केपकोड एटलान्टिक महासागरको काखमा अवस्थित एक सानो सुन्दर पर्यटकीय सहर हो। जो मेसेचुसेट अन्तर्गत नै पर्दछ। यो सुन्दर सहरमा बसोबास गर्न सफल किरात राई बन्धुहरू सन् २०२२ देखि यस च्याष्टरमा सहभागी हुनुहुन्छ। यस च्याष्टरको उपाध्यक्षमा हरि राई रहनु भएको छ। उहाँ किरात धर्म र संस्कृतिका विशेष अध्येता हुनुहुन्छ। नेपाली समाज केपकोडका अध्यक्ष तथा सामाजिक अभियन्ता केबि राई सल्लाहकारमा रहनु भएको छ। उहाँहरूको सहभागीताले च्याष्टरको सवलता अभिवृद्धि भएको छ। उहाँहरूको अगुवाइमा केपकोड राई समुदाय र नेपाली समाजको संयुक्त आयोजनामा सन् २०२३ को उँधौली साकेला भव्यतापूर्वक सम्पन्न भयो। यो कार्यक्रममा न्यु ह्याम्पसर, मेसेचुसेट, कनेक्टिकेट र न्यु योर्कबाट समेत उपस्थिति रहेको थियो।

युक्राको स्थापना कालमा २२ वयस्क र दुई बालबालिका समेत गरी २४ जना सदस्यहरू र अन्य समुदायको सहयोगबाट साकेला कार्यक्रम आयोजना गरेको थियो। वर्तमानमा यस च्याष्टरमा आबद्ध सदस्य सङख्या १४३ पुगेको छ। संस्थामा सदस्य सङख्या अभिवृद्धिले न्यू ह्याम्पसर, बोस्टन र केपकोड सहरमा धुमधामसँग साकेला कार्यक्रम आयोजना गर्न सकिने अवस्था सिर्जना भएको छ। यसलाई उल्लिखनीय उपलब्धिको रूपमा लिन सकिन्छ।

साकेला पूजा

नेपालमा साकेला उँभौली वैशाख पूर्णिमा र उँधौली साकेला मङ्सिरे पूर्णिमामा साकेला थानमा नोक्छोडद्वारा स्योपैयाँ (पानीको) पूजा गरे पछि सुरु गरिन्छ। हामी उरन्ठेउलो अवस्थामा नै उच्च शिक्षा अध्ययन र रोजगारीको खोजीमा जन्मभूमि छाडेर सहर हुँदै अमेरिकासम्म आइ पुगेकाहरूलाई यस्तो विधिको विसम्म नबुझेकाहरूले ढोल बजाएर उद्घाटन गरी साकेला नाचेको अनुभव लज्जास्पद र तीतो थियो। यहाँ नोक्छोङ र विधि रहित साकेला पूजा गरिंदै आइएको थियो। सैद्धान्तिक भाषणमा प्रकृति पूजक भनेर कहिल्यै थाकेनौं। वर्तमानमा विष्णुजीको पहलमा भूमिको व्यवस्थापन गरि प्रकृति पुजेर साकेला नाच् थालिएको छ। यसरी अल्मलिंदै, सोध्दै खोज्दै गन्तव्यमा पुगेको बाटोमा हामी छौं भन्दा अत्युक्ति नहोला।

यलम्बर साँझ

अमेरिकामा उँधौली साकेलाका अवसरमा यलम्बर साँझ कार्यक्रम प्रारम्भ गरिएको छ। यो कार्यक्रम नेपालका किरात राजा यलम्बरको स्मृतिमा गरिएको हो। साकेला चाँड खुल्ला मैदानमा नाचेर मनाइने संस्कृति हो। अमेरिकामा डिसेम्बर अर्थात उँधौलीमा हिउँ परेर अति जाडो हुने भएकाले इनडोर कार्यक्रम आयोजना गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहन्छ। उँधौली साकेला कार्यक्रम खुल्ला मैदानमा गर्न सम्भव छैन। अमेरिकामा साकेला मात्र नभएर मारुनी, सेलो, घाटु, टप्पा लगायतका बहुजातीय सांस्कृतिक गीत सङ्गीतका कार्यक्रमहरू इनडोर आयोजना गर्न सकिएमा नेपालका आदिवासीहरूको पहिचान स्थापित हुन सक्थ्यो। यस कार्यक्रमले नेपालको मूल संस्कृति संरक्षण र अभ्यासमा केही न केही टेवा पुग्ने उद्देश्य रहेको छ। सन् २०१८ र १९ मा उँधौलीका अवसरमा यलम्बर साँझको नामले साकेला चाँड भव्यताका साथ सम्पन्न गरियो। वर्तमानमा यलम्बर साँझलाई उँधौली साकेला चाँडको नाममा नै मनाइँदै आइएको छ।

नेतृत्व विकास

नेतृत्त्व गर्ने क्षमता पनि एउटा सीप हो। यो सीप विकासको निम्ति अवसर पाउनु पर्छ। अवसरका लागि मञ्च (platform) को आवश्यक हुन्छ। यहाँ युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका संस्थाले नेतृत्व विकासमा उच्च स्तरको मञ्च उपलब्ध गराएको छ। यस मञ्चले प्रारम्भका वर्षहरूमा सामान्य भेटघाट र जमघटलाई पनि औपचारिक स्वरूप दिएर कार्यक्रम सञ्चालन गरि च्याप्टरका नवीन पिँढीहरूलाई अवसर प्रदान गरियो। यस मञ्चबाट व्यक्तिगत तथा सामाजिक अनुभूतिहरूलाई आदानप्रदान गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। यहाँको सीमित समय, प्रतिकूल भौगोलिक अवस्थितिका बाबजुद गरिएका प्रयासहरूका परिणाम सकारात्मक आएको मान्नु पर्दछ। यसरी नेतृत्व विकासका लागि गरिएको प्रयास सफल भएको देखिन्छ। युक्राको नेतृत्वको छैठौं कार्यकालमध्ये सबभन्दा जेठो न्यु इङ्ग्लैन्ड च्याष्टरबाट शिवकुमार राई, विष्णु राई र जय थुलुङ राई समेत तीन जनाले केन्द्रीय समितिको अध्यक्षको नेतृत्व गरिसक्नु भएको छ। शिवकुमार राईको कार्यकालमा यस संस्थाले विधान प्राप्त गरेको छ। युक्राको स्थापना कालको प्रथम नेतृत्वमा शिवकुमार राई हुनुहुन्छ भने त्यसपछि क्रमशः विष्णु राई र जय थुलुङ राई रहनु भएको छ। यस संस्थाको पदाधिकारी र सदस्यहरूको चयनमा स्वस्थ प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली अभ्यासमा रहेको छ। यस व्यवस्थाले पदाधिकारीहरूको चयन निर्वाचन प्रणालीबाट हुन्छ। विधानका यी व्यवस्थाहरू शिवकुमार राईले स्थापित गर्नुभएको हो।

सन् २०१४ को तत्कालीन केन्द्रीय समितिका अध्यक्ष प्रभाकर राईले न्यु योर्कमा सम्पन्न अधिवेशनमा “अमेरिकामा हामी राईहरूको किपट चाहिन्छ। यो किपट खरिद गर्नको निमित्त आजैबाट फन्डरेज गर्न सुरु गरौं। म अहिले दुई हजार डलर दिन्छु” भन्नु भयो। यस विचारले अमेरिकामा साकेला थानको आवश्यकता भएको प्रतीत हुन्छ। यस अवधारणालाई कार्यान्वयन गर्न विष्णु राईलाई संयोजकको जिम्मेवारी प्रदान गरियो। उहाँले संस्थाका सम्पूर्ण सदस्यहरूलाई आर्थिक सहयोग गर्न आह्वान गर्नु भयो। उहाँको सबल नेतृत्वमा संस्थाका सदस्यहरूले आर्थिक सहयोग गरि जग्गा खरिद गर्न सफल भइएको छ। यो ऐतिहासिक कार्य सफल हुनमा उहाँले ठूलो योगदान पुर्याउनु भएको छ। धैर्य र शालीन व्यक्तित्व विष्णु राईको यो कार्य ऐतिहासिक महत्त्वको रहेको छ।

अन्य उल्लेखनीय कार्यहरू

यस संस्थाका स्थापना कालदेखि वर्तमानसम्मका गतिविधि र क्रियाकलापहरूलाई दस्तावेजीकरण गर्न स्मारिका प्रकाशन गर्न लागिएको छ। यस स्मारिकामा किरात भाषा, धर्म, संस्कृति विषयका अध्येताहरूबाट लेखिएका लेखहरू समाविष्ट गरिएको हुनेछ। यी लेखहरूले आफ्नो मातृभूमिबाट टाढा रहेका, जस्तो : अमेरिका, बेलायत र हडकङमा छरिएका किरात पहिचान प्रेमीहरू समेतलाई किरात भाषा तथा संस्कृतिका बारेमा जानकारी दिने उद्देश्य राखिएको छ। यो स्मारिका प्रकाशन युनाइटेड किरात राई अर्गनाइजेसन् अफ अमेरिकाबाट इतिहासमा अर्को महत्त्वपूर्ण कार्यको थालनी हुने भएको छ।

संस्थाका वर्तमान अध्यक्ष जय थुलुङ राई हुनुहुन्छ। उहाँले किरात धर्म, संस्कृतिमा आधारित गीत सङ्गीत र वाद्य वादनमा गहिरो अध्ययन गर्नु भएको छ। उहाँले अमेरिकी किरात राई समुदायमा विशेषतः नवीन पुस्तालाई सङ्गीतको माध्यमद्वारा भाषा, धर्म, संस्कृतिका बारेमा सचेतना र अभिरुचि अभिवृद्धिमा योगदान पुर्याउनु भएको छ।

पूर्वअध्यक्ष चुना राई न्याल्सनले मे ९, २००७ मा संस्थालाई कोलोराडो स्टेटमा दर्ता गर्नुभएको थियो। यस संस्थाले फेब्रुअरी १५, २००८ मा मुनाफारहित गैर सरकारी संस्थाको प्रमाण 501(c)(3) प्राप्त गरेको थियो। उहाँको कार्यकालमा संस्थाले वैधानिकता प्राप्त गरेको हो। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वैधानिकतालाई आधार मानेर अन्य राज्य स्थित च्याष्टरहरू केन्द्रमा आबद्ध भएका छन् र ती च्याष्टरहरूले सम्बन्धित राज्यबाट मान्यता पाएका छन्।

न्यु इङ्ग्लैन्ड च्याष्टरको पूर्व उपाध्यक्ष तथा अध्यक्ष विष्णु राई वर्तमानमा युक्रा केन्द्रीय समितिको अध्यक्ष हुनुहुन्छ। त्यसैगरी यस च्याष्टरका कार्यकारी सदस्य, कोषाध्यक्ष, दुई कार्यकाल अध्यक्ष रहनुभएको मुक्ति नारायण राई वर्तमानमा युक्राको केन्द्रीय महासचिवको जिम्मेवार भूमिकामा रहनु भएको छ। उहाँहरूबाट केन्द्रमा सशक्त भूमिका निर्वाह गर्नको निमित्त च्याष्टरमा काम गरेको अनुभव र दूरदर्शी नेतृत्त्व क्षमता हुनु पर्ने कुरा स्पष्ट भएको छ। यसैगरी च्याष्टरमै रहेर केन्द्रले सुम्पिएको यो स्मारिका प्रकाशनमा अब्बल भूमिका निर्वाह गर्नुहुने शेखर राईको नाम नलिए उहाँ माथि न्याय हुँदैन। उहाँलाई स्मारिका प्रकाशन संयोजकको जिम्मेवारी दिइएको छ। यी कार्यहरूले प्रमाणित गर्छ कि च्याष्टर बौद्धिक कार्य सम्पादन सीप र नेतृत्त्व विकासको उर्वर भूमि हो। यस संस्थाका सदस्यहरू र अग्रजहरूले यो भूमि राम्ररी खनजोत, मलजल गर्ने कुराले पनि ठूलो महत्त्व राख्दछ।

दक्षता

विश्वमा अमेरिका समयले डलर साट्ने देश हो। यस्तो व्यस्ततामाझ समय निकालेर संस्थालाई दिनु निःसन्देह ठूलो कुरा हो। यसले संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुगेको छ। त्यस्तै समय दिने व्यक्तिको पनि दक्षतामा विकास भइरहेको हुन्छ। भनिन्छ “पढेर भन्दा परेर जानिन्छ।” यो भनाइ यहाँ सान्दर्भिक छ। यो भनाइलाई तन मनले अवलम्बन गर्ने भाइ बहिनीहरूले आज संस्था सञ्चालनको बेडा अब्बलता पूर्वक थामिरहेका छन्, र त हामीले पालो पाएका छौं। जसले गर्दा कार्यक्रमको प्रकृतिअनुसार यसलाई सिलसिलेवार र मर्यादाक्रम अनुसार सुरु गरेर सुन्दर तवरले सफलतापूर्वक सम्पन्न गर्नसक्नु एक कला हो। यस कलामा न्यु इङ्ग्लैन्ड च्याष्टरका भाइबहिनी पुस्ताले प्रस्तुत गरिरहेको अब्बल दक्षता ज्वलन्त उदाहरण हुन्।

कार्यक्रमको रिभ्युका सन्दर्भमा कुनै कमी कमजोरी फेला परे त्यसमा सुधार ल्याउनु दक्षता अभिवृद्धिका कार्य हुन्। जो हाम्रा भाइबहिनीहरूले आत्मसाथ गर्दै आएका छन्। त्यस्तै साकेला सिली सिकाइमा गुणात्मक विकास हुनु, डिजेको जिम्मेवारी सम्हाल्नु, ढोल, झ्याम्टा लगायतका प्रायः सबै सांस्कृतिक वाद्य वादन सबैले बजाउनु निःसन्देह दक्षताको कसीमा खरो उत्रनु हो। यस कारण यो च्याष्टर दक्षता अभिवृद्धिमा पनि निरन्तर अधि बढिरहेको मान्न सकिन्छ। सुम्निमा पारुहाङले सधैं-सधैं यो संस्था र यसका सदस्यहरूलाई आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षण, संवर्द्धन र अभ्यास गर्ने जाँगर, हौसलाको निमित्त सधैं आशीर्वाद प्रदान गरी रहुन्।

लेखक UKROA को संस्थापक सदस्य र सल्लाहकार हुनुहुन्छ।

Scroll to Top Scroll to Top Stretched